डिएसपी शाहीमाथि छानबिन सुरु
सिंगापुर प्रहरीले महेन्द्रजंग शाहमाथि आतंकवादी संगठन स्लामिक स्टेट अफ इरान र सिरिया (आइएसआएस) को गतिविधिमा संलग्न रहेको आरोपमा निगरानी गरिहेको र उनीसँगै डिएसपी शाह पनि जोडिएपछि त्यस विषयमा बुझ्न पत्राचार गरेको थियो । पछि प्रहरी प्रधान कार्यालयले छानविन थालेको हो।काठमाडौं, भदौ २३ : प्रहरी प्रधान कार्यालयले विवादास्पद छविका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानबिन सुरु गरेको छ।
प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीलाई कालिकोटका महेन्द्रजंग शाह, कालिकोटका दिपेन्द्रबहादुर शाह र कैलाली घर भएका हेमबहादुर शाहीको पृष्ठभूमिबारे जानकारी गराउन पत्राचार गरेपछि विवाद बाहिरिएको थियो।
हेमबहादुर डिएसपी रहेको खुलेपछि प्रहरी छानबिन अघि बढेको हो। सिंगापुर प्रहरीले महेन्द्रजंग शाहमाथि आतंकवादी संगठन स्लामिक स्टेट अफ इरान र सिरिया (आइएसआएस) को गतिविधिमा संलग्न रहेको आरोपमा निगरानी गरिहेको र उनीसँगै डिएसपी शाह पनि जोडिएपछि त्यस विषयमा बुझ्न पत्राचार गरेको थियो । पछि प्रहरी प्रधान कार्यालयले छानविन थालेको हो।
महेन्द्रजंग लामो समयदेखि दुबई र मलेसिया बस्दै आएका थिए। उनी २०१५ मा मलेसियाको गैरआवसीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष समेत भएका व्यक्ति हुन् । त्यहीबोला उनी मलेसियाबाट निकालिएका थिए। उनीसँग जोडिएको तथ्य भेटिएपछि डिएसपी हेमबहादुरलाई प्रहरी हेडक्वाटर झिकाएर छानविन गरिएको जनाइएको छ।
एनसीबी सिंगापुरले २९ जुलाई २०२४ मा एनसीबी काठमाडौंलाई पत्राचार गरेको थियो। डिएसपी शाहीले प्रहरी प्रधान कार्यालयलाई कुनै जानकारी नगराई सिंगापुर गएको देखिएपछि शंकास्पद गतिविधिको आशंका बढाएको हो. महेन्द्रजंगविरुद्ध वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको उजुरी समेत प्रहरीमा परेको छ।