कोरोना बीमा भुक्तानी माग गर्दै सर्वोच्चमा रिट दर्ता
सरकारले कोरोना बीमा रकम भुक्तानी नदिएको बताउँदै नेपाल बीमक संघले आइतबार रिट दायर गरेको हो। बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको दाबी रिटमा गरिएको छ।काठमाडौं, भदौ २३ : कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दर्ता भएको छ।
सरकारले कोरोना बीमा रकम भुक्तानी नदिएको बताउँदै नेपाल बीमक संघले आइतबार रिट दायर गरेको हो। बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको दाबी रिटमा गरिएको छ।
रकम भुक्तानीका लागि तत्काल अन्तरिम आदेश जारी गर्न माग गरिएको छ। सरकारले विमा रकम भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी पनि सर्वोच्चलाई गराइएको छ।
सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार सरकारले उक्त दायित्व वहन नगरेको प्रश्न समेत रिट निवेदक संघले उठाएको छ। उक्त रिटमा सुनुवाईका लागि सोमबारका लागि पेशी तोकिएको छ।
प्रकाशित मिति: १३:३६ बजे, आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, भ्रमण टोलीमा ८७ जनाबिहीबार, मंसिर १३, २०८१
परराष्ट्रमन्त्री राणा चीनको छेङ्दुमाबिहीबार, मंसिर १३, २०८१
रवि लामिछानेलाई काठमाडौं ल्याउँदा त्रिभुवन विमानस्थलमा जे देखियो [फोटो फिचर]बिहीबार, मंसिर १३, २०८१
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्टबिहीबार, मंसिर १३, २०८१