Kathmandu Press

खोटाङमा चट्याङ लागेर दुईको मृत्यु, नौँ घाइते

खोटाङ, चैत ३० : चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ। अन्य नौं जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका&n....

खोटाङमा चट्याङ लागेर दुईको मृत्यु, नौँ घाइते

खोटाङ, चैत ३० : चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ। अन्य नौं जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित १३ वर्षीय राजमनी राई र छिमेकी ३८ वर्षीया निर्मला विश्वकर्माको घटनास्थल मै मृत्यु भएको हो। 

घाइते हुनेमा मृतक निर्मलाको १४ वर्षीया छोरी मनकला, छ वर्षीय छोरा आसन विश्वकर्मा, स्थानीय ४५ वर्षीय धनिराम राई, १८ वर्षीया मनिषा विश्वकर्मा र ३८ वर्षीया मनकुमारी राई गम्भीर घाइते भएका छन् । सामान्य घाइते हुनेमा आठ वर्षीया शुष्मा राई, ४७ वर्षीया कमलकुमारी राई, ३८ वर्षीया विर्षिका राई र ६५ वर्षीया कृष्णमाया राई रहेका छन्। चट्याङ गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिए। गम्भीर घाइते मनकलाको खुट्टामा र आसनको टाउको तथा घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।

स्थानीय पर्खजीत राईको घरमा परेको चट्याङले उनको छोरा राजमनी र निर्मलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए। पर्खजीतको घरमा जडान गरिएको विजुलीको पावरसकेटमा चट्याङ परेपछि गाउँभरी करेण्ट प्रवाह भएको थियो। घाइते हुने अधिकांशलाई विद्युतको झड्का लागेको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन्। घटना लगत्तै गाउँपालिका प्रमुख राईले स्वास्थ्यकर्मी र प्रहरीसहितको टोली लगेर घाइतेको उद्दार गरेका थिए।

प्रकाशित मिति: १४:१९ बजे, आइतबार, चैत ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्