Kathmandu Press

भुइँमान्छे मन्त्री भएको छु, जनआवाजको सम्बोधन गर्छु : मन्त्री राई

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नयाँ, पुरानो सबै पार्टीको उद्देश्य र सिद्धान्तहरु राम्रो भएको भन्दै त्यसको पालनामा अभावको कारण समस्या आएको बताए। 
भुइँमान्छे मन्त्री भएको छु, जनआवाजको सम्बोधन गर्छु : मन्त्री राई

काठमाडौं, भदौ २२ : रक्षामन्त्री मानवीर राईले पार्टीका सिद्धान्तहरु पालना नगर्दा असन्तुष्टिका जनआवाजहरु आउन थालेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नयाँ, पुरानो सबै पार्टीको उद्देश्य र सिद्धान्तहरु राम्रो भएको भन्दै त्यसको पालनामा अभावको कारण समस्या आएको बताए। 

Hardik ivf

‘नयाँ, पुरानो सबै पार्टीको सपथ, उद्देश्य र सिद्धान्तहरु राम्रो छन्। तर त्यसलाई पालना नगर्दा कता कता अल्मलिएर असन्तुष्टिका जनआवाजहरु आउन थालेका छन्, यसमा ध्यान दिनुपर्छ,’ उनले भने ‘म जस्तो भुइमान्छेले मन्त्रालय सम्हाल्दा थप जिम्मेवारीको बोध पनि छ।’

उनले धेरै ठूलो इज्जत हासिल गर्न नसकेपनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने र नघटाउने प्रतिबद्धता व्यक्त गरे। 

‘गोर्खे खुकुरीवालाहरूको धेरै ठूलो इज्जत छ। त्यही हासिल गर्न नसकौला तर धेरै परिवर्तन नगरेपनि, थप विकास नगरेपनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने, पुरानो ठाँउबाट तल नघटाउने प्रतिबद्धता जनाउन चाहन्छु,’ मन्त्री राईले भने।

उनले सरकारले नियम र विधि अनुसार नियमन गर्ने हिसाबले गम्भीर छलफलका साथ अहिलेको मन्त्रिपरिषद्ले टिकटकलाई खोलेको बताए। 

प्रकाशित मिति: २०:१३ बजे, शनिबार, भदौ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्