Kathmandu Press

‘जनताका लागि जन्मिएको पार्टीले भ्रष्टाचार गर्न सक्दैन’

‘चार महिना सरकारमा रहँदा भ्रष्टाचारका फाइलहरु खुल्दा राजनीतिक पेशा बनाएकाहरु तर्सिएका छन्। हामी विचलित हुनेवाला छैनौं, परिमार्जन भएर अगाडि बढ्दै जान्छौं,’ उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले भ्रष्टाचार गरे भने अथवा भ्रष्टाचार गरेको पुष्टि भयो भने जोगाउन सकिँदैन।’ 
‘जनताका लागि जन्मिएको पार्टीले भ्रष्टाचार गर्न सक्दैन’

काठमाडौं, भदौ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने बताएका छन्।

शनिबार सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन एवं बृहत् भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले चार महिना सरकारमा बस्दा गरेका कामहरु देखेर राजनीतिलाई पेशा बनाएकाहरू तर्सिएको पनि बताए। 

Hardik ivf

उपसभापति अर्यालले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने दावी गरेका हुन्। 

‘चार महिना सरकारमा रहँदा भ्रष्टाचारका फाइलहरु खुल्दा राजनीतिक पेशा बनाएकाहरु तर्सिएका छन्। हामी विचलित हुनेवाला छैनौं, परिमार्जन भएर अगाडि बढ्दै जान्छौं,’ उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले भ्रष्टाचार गरे भने अथवा भ्रष्टाचार गरेको पुष्टि भयो भने जोगाउन सकिँदैन।’ 

उनले समय र परिस्थितिले जस्तो ठाउँमा पुर्याए पनि विचलित नभएको बताए। उनले भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएको पार्टी कहिले विचलित नहुने दाबी गरे। 

‘राष्ट्रिय स्वतन्त्र पार्टीका बारेमा २०७९ साल असार ७ गते राष्ट्रिय सभा गृहमा पार्टी सभापति रवि लामिछाने जे बोल्नु भएको थियो हामी त्यहीँ हौं,’ अर्यालले भने, ‘भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएका हौं। त्यहीँ अडिक रहिरहनेछौं। कतै विचलित भएका छैनौं, चेन्ज भएका छैनौं।’

प्रकाशित मिति: १९:१४ बजे, शनिबार, भदौ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्