माछा मार्ने क्रममा राप्ती नदीमा दुई युवा वेपत्ता
भरतपुर महानगरपालिका–२७ धरमपुर जमुनाघाटबाट शुक्रबार माछा पार्न राप्ती नदीमा गका भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार वेपत्ता भएका छन्।
चितवन, भदौ २२ : राप्ती नदीमा माछा मार्न गएका चितवनका दुई युवा बेपत्ता भएका छन्।
भरतपुर महानगरपालिका–२७ धरमपुर जमुनाघाटबाट शुक्रबार माछा पार्न राप्ती नदीमा गका भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार वेपत्ता भएका छन्।
उनीहरूसँगै माछा मार्न गएका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ।
शुक्रवार दिउँसो २ बजेदेखि बेपत्ता भएका युवाहरूको खोजी गरिए पनि हालसम्म भेटिएका छैनन्। शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी थालेको छ।
चितवन राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती लगाएर बेपत्ताहरुको खोजी निकुञ्ज क्षेत्रमा गरेको छ भने स्थानीय बोटेहरुले मेघौलीतर्फको क्षेत्रमा खोजी गरिरहेका छन्।
प्रकाशित मिति: १४:२१ बजे, शनिबार, भदौ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार