Kathmandu Press

नयाँ अध्ययन भन्छ, 'कोरोना भाइरस तीन प्रकारका छन्'

काठमाडौं, चैत ३०ः एक नयाँ अध्ययनले कोरोना भाइरस तीन प्रकारको रहको पत्ता लगाएको छ। ब्रिटेन र जर्मनीका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार कोरोना भाइरस....

नयाँ अध्ययन भन्छ, 'कोरोना भाइरस तीन प्रकारका छन्'

काठमाडौं, चैत ३०ः एक नयाँ अध्ययनले कोरोना भाइरस तीन प्रकारको रहको पत्ता लगाएको छ। ब्रिटेन र जर्मनीका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार कोरोना भाइरस तीन प्रकारको रहेको पत्ता लागेको हो। भेरियन्ट कसरी बन्यो र कसरी फैलियो? भनेर पत्ता लगाउन र स्रोत पहिचान गर्न यसले सहयोग गर्न सक्ने अनुसन्धानकर्ताहरुको दावी छ।

अनुसन्धानकर्ताहरुले २८ डिसेम्बरदेखि ४ मार्चसम्म १६० जना पूर्ण संक्रमितहरुको नमूना अध्ययन गरेका थिए। क्याब्रिज विश्वविद्यालयका अनुवंशिकविज्ञ र अध्ययनका प्रमुख पिटर फोस्र्टरले कोरोनालाई भेरिएन्ट ए, बी र सीमा विभाजिन गरेका छन्। उनका अनुसार टाइप ए चमेरोमा खोजिएको कोरोना भनाइरससँग नजिक छ। यो वुहानमा पाइएको थियो। यो प्रकारको कोरोना अमेरिका र अष्ट्रेलियामा समेत पाइएको छ  वुहानमा सबैभन्दा धेरै टाइप बी कोरोना हो। 

टाइपी सी भने यूरोपका फ्रान्स, इटली, स्विडेन र इंग्ल्याण्डमा धेरै पाइएको छ। टाइप सी कोरोना चीनमा भने नपाइएको अध्ययनमा भनिएको छ। यद्यपी सिंगापुर, हङकङ र दक्षिण कोरियामा भने यसको नमूना पाइएको साउथ मर्निङ चाइना पोस्टले प्रकाशित गरेको समचारमा उल्लेख छ।

अनुसन्धानकर्ताहरुले कोरोनाको टाइप ए चमेरो र शालकमा पाइने भाइससँग धेरै नजिक रहेको निष्कर्ष निकालेका छन्। टाइप बी भने टाइप ए बाट उत्पन्न भएको थियो भने टाइप सी टाइप बी को छोरी भएको अनुसन्धानकर्ताहरुको दावी छ। ‘बी प्रकारको भाइरस पूर्व एसियाको ठूलो जनसंख्याका लागि प्रतिरक्षत्मक वा पर्यावरणको अनुकुल हुन सक्छ,’ पोस्र्टरले भनेका छन्, ‘अन्य ठाँउको तुलनामा पूर्वी एसियामा फैलने दर समेत कम छ।’

सन यात–सेन यूनिभर्सिटी गोन्जाउका महामारी विज्ञ लू जियाहाईले यस अध्ययनले कोरोना रोकथाम र नियन्त्रणमा मानिसले ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन्। कोरानाले लामो समयसम्म मानिसलाई दुःख दिन सक्ने उनको भनाइ छ।

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, चैत ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्