Kathmandu Press

कर्मचारीहरु जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन जरुरी : प्रधानमन्त्री 

निजामती सेवाको भूमिकामार्फत नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिने बताउँदै उनले त्यसैको माध्यमबाटसमृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्ने बताए। 
कर्मचारीहरु जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन जरुरी : प्रधानमन्त्री 

काठमाडौं, भदौ २२ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको लोकतान्त्रिक शासन व्यवस्थामा निजामती सेवाको भूमिका र प्रशंसनीय रहेको बताएका छन्। 

शुक्रबार २१औं निजामती सेवा दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको बताए।

कर्मचारीले आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। 

‘नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य छ। निजामति प्रशासनले तानाशाहीविरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदानले आन्दोलनहरु सफल भएका छन्,’ उनले भने,  ‘लोकतन्त्रका लाभहरुको वितरण आम नागरिकसम्म पु¥याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ।’ 

निजामती सेवाको भूमिकामार्फत नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिने बताउँदै उनले त्यसैको माध्यमबाटसमृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्ने बताए। 

प्रधानमन्त्री ओलीले निजामती कर्मचारीमा उच्च नैतिक आचरण, इमान्दारिता र पेसागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गरे।
 

प्रकाशित मिति: १२:१० बजे, शनिबार, भदौ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्