Kathmandu Press

निजामती सेवा दिवसमा ४० कर्मचारी पुरस्कृत हुँदै, को–को परे?

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएको देखिएन। 
निजामती सेवा दिवसमा ४० कर्मचारी पुरस्कृत हुँदै, को–को परे?

काठमाडौं, भदौ २२ : सरकारले २१औं निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ। मन्त्रिपरिषद् बैठकले ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो। 

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएको देखिएन। 

यसवर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ।

जानकारी अनुशार उत्कृष्ट निजामती सेवा पुरस्कार गर्ने १० जना कर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकर बहादुर केसी, राजुप्रसाद गुरागाईँ, सागर मिश्र, चूडाराज न्यौपाने, कृष्ण सापकोटा, चिरञ्जीवी नेपाल, आशा राई, बुनु राना र निलबहादुर पुर्जामगर रहेका छन्। 

यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा मित्र बराल, मोहन राई, शिवप्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ, कफिल अहमद, श्यामकुमार यादव, गंगादत्त भट्ट, सविता नकर्मी र केशवराज पार्धे छन्।

त्यस्तै वेदप्रसाद खनाल, प्रेमकुमार पोखरेल, शीतलसिंह उखेडा, कृष्णप्रसाद पौडेल, सुशीला सिंह, शिलुका लिंथेप, उदयप्रकाश लिम्बु, कृष्णबहादुर खत्री, हेमन्ती साउँद र राममाया गुरुङले पनि निजामती सेवा पुरस्कार पाउने भएका छन्। 

निजामती पुरस्कार पाउने अन्य कर्मचारीहरूमा डा. पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्र प्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मानबहादुर दराई, जनक महत र टहलबहादुर जिरेल रहेका छन्।

प्रकाशित मिति: १०:२० बजे, शनिबार, भदौ २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्