भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु
भक्तपुर, चैत ३० : भक्तपुर अस्पतानलले कोरोना भाइरसको परीक्षण शुरु गरेको छ। विदेशबाट आएर घरमा एकान्तबास बसेका मानिसहरुलाई सम्पर्क गरेर र्यापिड किट ....

भक्तपुर, चैत ३० : भक्तपुर अस्पतानलले कोरोना भाइरसको परीक्षण शुरु गरेको छ। विदेशबाट आएर घरमा एकान्तबास बसेका मानिसहरुलाई सम्पर्क गरेर र्यापिड किट (र्यापिड डाइग्नोष्टिक टेष्ट) शुरु गरेको हो।
भक्तपुर अस्पतालमा र्यापिड किट आएकाले कोरोना भाइरसको परीक्षण आजदेखि शुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन्। यसको लागि वागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरमार्फत ३०० ¥यापिड किट अस्पतालका लागि पठाएपछि परीक्षण शुरु गरिएको हो।
परीक्षणमा रिपोर्ट पोजेटिभ आए आइसोलेसनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडौँको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेसु डा गौतमले बताइन्। अस्पतालले अहिलेसम्म १५४ जनाको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउनै बाँकी रहेको उनले बताइन्।
रुघाखोकी लागेर दैनिक २५ देखि ५० जनासम्म स्वास्थ्य परीक्षणका लागि आउने गरेपछि अस्पतालले चार शैयाको आइसोलेसनलाई बढाएर १० शैय्यामा पुर्याएको छ। आज आठ जनाको आइसोलेसनमा उपचार भइरहेको जानकारी दिँदै उनले आइसोलेसनमा दैनिक बिरामी बढिरहेको बताइन्।
जिल्लाका निजी अस्पताललेसमेत बहिरङ्ग सेवालगायत अन्य उपचारसमेत बन्द गरिरहेको अवस्थामा भक्तपुर अस्पतालले भने बहिरङ्ग सेवा र अन्य उपचार सेवासमेत सञ्चालन गरिरहेको छ।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
