Kathmandu Press

सुदूरपश्चिम प्रदेश प्रमुखलाई एयर एम्बुलेन्सबाट दिल्ली लगियो

काठमाडौं, फागुन १६ : सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ललाई उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्ली लगिएको छ ।

उनलाई आज दिउसो एयर एम्बुले....

सुदूरपश्चिम प्रदेश प्रमुखलाई एयर एम्बुलेन्सबाट दिल्ली लगियो

काठमाडौं, फागुन १६ : सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ललाई उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्ली लगिएको छ ।

उनलाई आज दिउसो एयर एम्बुलेन्सबाट उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल लगिएको प्रदेश प्रमुखका प्रेस संयोजक गजेन्द्र ओझाले बताए । काठमाडौंमा उपचार हुन नसकेपछि दिल्ली लगिएको हो ।


सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ललाई एयर एम्बुलेन्सबाट दिल्ली लगिँदै ।

छातीमा गम्भीर समस्या देखिएपछि प्रदेश प्रमुख मल्ललाई फागुन ५ गते धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि राति १२ बजे नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

धनगढीबाट ल्याइएका प्रदेश प्रमुख मल्लको महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको थियो । थप उपचार आवश्यक परेपछि आज दिल्ली लगिएको हो ।

७१ वर्षीय मल्लको छातीमा संक्रमण भएको जनाएको छ । त्यस्तै, उनको रोग प्रतिरोधात्मक क्षमता पनि न्यून रहेको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै प्रेस संयोजक ओझाले जानकारी दिए ।

 

प्रकाशित मिति: १५:०५ बजे, बिहीबार, फागुन १६, २०७५