पोखरा महानगरकी सवइन्जिनियर रोकायालाई घुस मुद्दामा ८ महिना कैद
अदालतले सवइन्जिनियर रोकायालाई भ्रष्टाचारमा ८ महिना कैद र १ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
काठमाडौं, भदौ २१ : विशेष अदालतले पोखरा महानगरपालिकाकी सवइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सीका सुरज कुँवरलाई घुस लेनदेन मुद्दामा दोषी ठहर गरेको छ।
अदालतले सवइन्जिनियर रोकायालाई भ्रष्टाचारमा ८ महिना कैद र १ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
अर्का प्रतिवादी कुँवरलाई ४ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवानाको सजाय तोकिएको छ।
यस्तै, अदालतले ऋषिप्रसाद बरालको नामबाट घुस बापत बैंकमा दाखिला गरेको दुई लाख रुपैयाँ जफत गरेर उजुरी कर्तालाई फिर्ता गर्न भनेको छ।
प्रकाशित मिति: १८:१८ बजे, शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












