निर्वाचन आयोगविरुद्ध नेसपाको महिन्द्र राय समूह सर्वोच्चमा
यादव समूहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेपछि भट्टराई समूहले केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समिति घोषणा गरेको थियो। यादव समूहका नेताहरूलाई पदमुक्त गरी अद्यावधिका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।काठमाडौं, भदौ २१ : निर्वाचन आयोगले गरेको निर्णयमाथि संवैधानिक र कानुनी प्रश्न उठाउँदै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्रराय यादव समूहले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ।
नेसपा यादव समूहका तर्फबाट उक्त पार्टीका महासचिव रमेशप्रसाद यादवले रिट निवेदन दर्ता गराएका हुन्।
यादव समूहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेपछि भट्टराई समूहले केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समिति घोषणा गरेको थियो। यादव समूहका नेताहरूलाई पदमुक्त गरी अद्यावधिका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।
नेसपाका तत्कालिन अध्यक्ष डा.बाबुराम भट्टराईले एकलौटी ढङ्गले केन्द्रीय समिति भङ्ग गरी आयोजक समिति बनाएको, नेताहरूको सही कृते गरी अद्यावधिका लागि निर्वाचन आयोगमा दर्ता गरेको पदाधिकारीलाई जिम्मेवारीबाट हटाएको लगायत प्रश्न उठाउँदै यादवले आयोगमा दर्ता गरेको उजुरीमा भट्टराई समूहको पक्षमा निर्णय दिएपछि यादव समूह सर्वोच्च पुगेको हो।
उक्त रिटमा सुनुवाइका लागि आइतबारको पेशी तय भएको छ।