गोकर्णमणि दुवाडी बने गृहसचिव
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगतको राष्ट्रिय तथ्यांक कार्यालय रहेका दुवाडीलाई गृहमा सरुवा गरिएको हो।
काठमाडौं, जेठ २१ : गोकर्णमणि दुवाडी गृहसचिव नियुक्त भएका छन्।
बिहीबार साँझ बसेको बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई गृहसचिवमा नियुक्त गरेको हो। एकनारायण अर्याल मुख्यसचिव बनेपछि गृहसचिव रिक्त थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगतको राष्ट्रिय तथ्यांक कार्यालय रहेका दुवाडीलाई गृहमा सरुवा गरिएको हो।
दुवाडी साउन १३ गते मात्र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएका थिए।
प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार