राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्यूयोर्क जाने
उनी महासभामा भाग लिन असोज ४ गते त्यसतर्फ प्रस्थान गर्ने सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।
काठमाडौं, भदौ २१ : प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। उनी महासभामा भाग लिन असोज ४ गते त्यसतर्फ प्रस्थान गर्ने सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ। नेपालले राष्ट्रसंघको वडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अङ्ग मान्दै आएको छ।
प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












