Kathmandu Press

सिंचाईका लागि १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकार

त्यस्तै एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोलि गठन गर्ने निर्णय भएको पनि उनले जानकारी दिए। 
सिंचाईका लागि १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकार

काठमाडौं, भदौ २१ : सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई नियुक्ति गरेको छ। 

 हिजो बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा गोविन्द गुरुङलाई नियुक्ति गर्ने निर्णय भएको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

त्यस्तै एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोलि गठन गर्ने निर्णय भएको पनि उनले जानकारी दिए। 

‘एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध एक सय मिलियन अमेरिका डलर अर्थात् करिब १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ,’ प्रवक्त गुरुङले भने 
 
प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, भदौ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्