Kathmandu Press

टिकटकमाथिको प्रतिबन्ध हटाउन प्राधिकरणको निर्देशन

प्राधिकरणले निकाले सूचनामा टिकटक सञ्चालनमा अवरोध नगर्न भनिएको छ। प्राधिकरणको सूचनासँगै प्रतिबन्धित टिकटक पुनः सुचारु भएको छ। 
टिकटकमाथिको प्रतिबन्ध हटाउन प्राधिकरणको निर्देशन

काठमाडौं, भदौ २१ : नेपाल दूरसञ्चार प्राधिकरणले औपचारिक सूचना निकालेर सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटकको प्रतिबन्ध हटाउन भनेको छ। 

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई प्रतिबन्ध फुकुवाको लागि पत्र पठाएको थियो। प्राधिकरणले निकाले सूचनामा टिकटक सञ्चालनमा अवरोध नगर्न भनिएको छ। प्राधिकरणको सूचनासँगै प्रतिबन्धित टिकटक पुनः सुचारु भएको छ। 

मन्त्रिपरिषद् बैठकले यही भदौ ६ गते प्रतिबन्ध हटाउने निर्णय गरेकाले अर्को निर्णय नहुँदासम्म भएको रोक नलगाउन सेवाप्रदायकहरुलाई प्राधिकरणले सूचनामा भनेको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार र बिहीबार टिकटकका प्रतिनिधिहरुसँग छलफल समेत गरेको थियो। 

छलफलमा टिकटकका प्रतिनिधि नेपाल सरकारका सबै शर्त मान्न तयार भएपछि प्राधिकरणलाई पूर्ण रुपमा टिकटक खोल्न परिपत्र गरिएको थियो। 
 

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, भदौ २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्