‘मापदण्ड पूरा गरेन भनेर अस्पताल नै बन्द गर्न सम्भव छैन’
‘कुनै अस्पतालले मापदण्ड पूरा गरेन, जग्गा पुगेन, भवन पुगेन भनेर अब अस्पताल बन्द हुन सक्छ? सक्दैन्,’ उनले भने, ‘पहिला स्वीकृति पनि त सरकारले नै दिएको हो। पहिले स्वीकृति दिँदा मापदण्डका बारेमा कडा हुन नसक्ने अहिले चलेर यहाँसम्म आयो अब कडा हुन खोजेर सम्भव छैन।’काठमाडौं, भदौ २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनैपनि निजी अस्पतालले मापदण्ड पूरा गरेन भनेर अस्पताल नै बन्द गर्न सम्भव नरहेको बताएका छन्।
एसोशिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को २६ औं वार्षिकोत्सव कार्यक्रममा उनले निजी क्षेत्रको ठूलो उपस्थिति रहेको भन्दै मापदण्ड पूरा गरेन भनेर अब अस्पताल नै बन्द गर्न सम्भव नरहेको बताएका हुन्।
स्वास्थ्यमन्त्री पौडेलले पहिला सरकारले स्वीकृति दिँदा मापदण्डका बारेमा कडा हुन नसकेको र अहिले यहाँसम्म आइपुग्दा कडा हुन खोजेर सम्भव नहुने बताए।
‘कुनै अस्पतालले मापदण्ड पूरा गरेन, जग्गा पुगेन, भवन पुगेन भनेर अब अस्पताल बन्द हुन सक्छ? सक्दैन्,’ उनले भने, ‘पहिला स्वीकृति पनि त सरकारले नै दिएको हो। पहिले स्वीकृति दिँदा मापदण्डका बारेमा कडा हुन नसक्ने अहिले चलेर यहाँसम्म आयो अब कडा हुन खोजेर सम्भव छैन।’
निजी क्षेत्रको सबै सेक्टरमा महत्वपूर्ण योगदान रहेको बताउँदै उनले स्वास्थ्यको दायरा बढाउन, सञ्चार एवम बैंकहरुको दायरा बढाउने काम निजी क्षेत्रले नै गरेको बताए।
मन्त्री पौडेलले निजी क्षेत्रको लक्ष्य पनि नागरिकलाई सेवा सुविधा दिने नै रहेको भन्दै यस क्षेत्रलाई बाँध्ने भन्दा पनि खुकुलो छाडेर लगानीको दायरा बढाउनुपर्ने बताए।
मन्त्री पौडेलले नेपालमा गुणस्तरहीन स्वास्थ्य भन्ने भाष्य निर्माण भएको भन्दै स्वास्थ्य कहिल्यै गुणस्तरहीन नहुने बताए।