Kathmandu Press

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकलाई रायका लागि गृहले अर्थमा पठायो 

शुक्रबार गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको हो। गृहले अर्थ मन्त्रालयबाट राय–परामर्श उपलब्ध भएपछि विधेयकलाई गृह मन्त्रालयले कानुन मन्त्रालय पठाउने छ। कानुनबाट पुनः विधेयक गृहमा आएपछि छलफलका लागि मन्त्रिपरिषदमा पठाइने तयारी छ। 
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकलाई रायका लागि गृहले अर्थमा पठायो 

काठमाडौं, भदौ २१ : सशस्त्र प्रहरी बलसम्वन्धी विधेयकलाई गृह मन्त्रालयले रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ।

शुक्रबार गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको हो। गृहले अर्थ मन्त्रालयबाट राय–परामर्श उपलब्ध भएपछि विधेयकलाई गृह मन्त्रालयले कानुन मन्त्रालय पठाउने छ। कानुनबाट पुनः विधेयक गृहमा आएपछि छलफलका लागि मन्त्रिपरिषदमा पठाइने तयारी छ। 

विधेयकमा प्रहरी जवान, आधारभूत तहका प्रहरीलाई १६ वर्ष र जुनियर अधिकृतलाई १८ वर्षको पेन्सन अवधि कायम गर्ने, विभिन्न दर्जाको पूर्वानुमान योग्य, बढुवा र सरुवाको व्यवस्था लगायत बिषय छन्। 

यस्तै, विधेयकमा सीमामा हुने अपराध नियन्त्रण, सीमाको सुरक्षा, विपद्मा उद्धार, दंगा नियन्त्रण, सशस्त्र विद्रोह र आतंकवादी गतिविधिविरुद्ध काम गर्ने सन्दर्भमा विशिष्टिकृत गरिएको छ।

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, भदौ २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्