Kathmandu Press

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या तीन पुग्यो

बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका-४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव भेटिएसँगै मृत्यु हुनेकाे संख्या तीन पुगेकाे हाे। 
बागलुङ बाढीमा मृत्यु हुनेको संख्या तीन पुग्यो

बागलुङ, २१ भदौ : गएराति बान्द्रे खोलामा आएको बाढीबाट मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ। 

बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका-४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव भेटिएसँगै मृत्यु हुनेकाे संख्या तीन पुगेकाे हाे। 

Hardik ivf

घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिए। 

बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध१प ९९९६ नम्बरको स्कुटर बगाएको थियो। 

मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव राति नै घटनास्थलदेखि दुई सय मिटर तलबाट उद्दार गरी धौलागिरि अस्पतालमा लगिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

आज बिहान फेला परेका सापकोटाको शव पनि पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको उनले जानकारी दिए।

प्रकाशित मिति: ११:४९ बजे, शुक्रबार, भदौ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्