Kathmandu Press

आज तीज पर्व, देशभर धुमधामसँग मनाइँदै

आज महिलाले उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी तीन मनाउने गर्छन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने प्रचलन रहेको छ।
आज तीज पर्व, देशभर धुमधामसँग मनाइँदै

काठमाडौं, भदौ २१ : भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व आज देशभर धुमधामसँग मनाइँदै छ। आज महिलाले उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी तीन मनाउने गर्छन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने प्रचलन रहेको छ।

हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक कथन छ। यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने धार्मिक विश्वास रहेको छ।

विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामना गरी व्रत बस्ने प्रचलन रहेको छ।

काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा आज श्रद्धालुको घुइँचो लाग्ने गरेको छ।

तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने गरेका छन्। आज व्रत बस्ने भएकाले अघिल्लो दिन बेलुकी ‘दर’ खाने गरिन्छ।

प्रकाशित मिति: ०६:५५ बजे, शुक्रबार, भदौ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्