Kathmandu Press

जेलका ४९२ कैदीलाई कैद छुटको तयारी

विभागले विभिन्न कसुरमा कैदमा रहेका कैदीहरूको कैद छुटका लागि सार्वजनिक सूचना आह्वान गरेको छ। 
जेलका ४९२ कैदीलाई कैद छुटको तयारी

काठमाडौं, भदौ २० : संविधान दिवसको अवसर ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरेका ४९२ कैदीलाई कैद छुटको तयारी गरिएको छ। 

कारागार व्यवस्थापन विभागले संविधान दिवस असोज ३ मा जेलमुक्त गर्ने गरी प्रक्रिया अघि बढाएको हो। 

विभागले विभिन्न कसुरमा कैदमा रहेका कैदीहरूको कैद छुटका लागि सार्वजनिक सूचना आह्वान गरेको छ। 

सूचनामा ४९२ कैदीबन्दीको नामावलीसहित सातदिने सूचना निकाल्दै कैद कट्टा गर्न लागिएका व्यक्तिमाथि कुनै गुनासो भए सात दिनभित्र उजुरी दिन भनिएको छ। 

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, भदौ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्