Kathmandu Press

स्थिर सरकारका लागि कांग्रेस–एमाले समीकरणः गृहमन्त्री लेखक

स्थिर सरकारका लागि कांग्रेस–एमाले समीकरणः गृहमन्त्री लेखक

धनगढी, भदौ २०ः गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता र जनतामा छाएको निराशालाई समाधान गर्न कांग्रेस–एमालेको स्थिर समीकरण बनाइएको बताएका छन्। धनगढीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा विहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले उक्त भनाई राखेका हुन्।

‘देशमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि ठूला दलको समीकरण बनेको हो। यो समीकरणको पूर्णपालना हुने छ,’ उनले भने।

Hardik ivf

गृहमन्त्री लेखकले संविधानमा दश वर्षमा समीक्षा र मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको दस्तावेज भएकाले संशोधन गर्नुपर्ने आवश्यकता पनि औंल्याए। उनले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र समावेशी सिद्धान्तलाई थप मजबुत बनाउन संविधान संशोधन गर्न लागिएको भनाई पनि राखे ।

नयाँ सरकार बनेको ३० दिनमा १८ वर्षदेखि थाती रहेको ‘टिआरसी’ विधेयक पारित गर्न सफल भएको पनि उनले बताए।

प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, भदौ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्