Kathmandu Press

विशेषज्ञ चिकित्सकसहित १६६ स्वास्थ्यकर्मी नियुक्त गर्दै वागमती प्रदेश सरकार

हेटौडा, चैत ३० : वागमती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ। प्रदेशको सामाजिक विकास म....

विशेषज्ञ चिकित्सकसहित १६६ स्वास्थ्यकर्मी नियुक्त गर्दै वागमती प्रदेश सरकार

हेटौडा, चैत ३० : वागमती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो। प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने गरी करारमा कर्मचारी भर्ना गर्न लागेको मन्त्रालयले जनाएको छ।

मन्त्रलयले नवौँ तहमा काम गर्ने गरी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तीन, हाडजोर्नी विशेषज्ञ तीन, कन्सल्टेन्ट एनेस्थोसियोलोजिष्ट पाँच, कन्सल्टेन्ट जनरल फिजिसियन चार, कन्सल्टेन्ट डर्माटोलोजिष्ट एक, कन्सल्टेन्ट पिडीयाट्रिसियन चार, कन्सल्टेन्ट प्याथोलोजिष्ट दुई, कन्सल्टेन्ट माइक्रोबायोलोजिष्ट एक, कन्सल्टेन्ट रेडियोलोजिष्ट पाँच, कन्सलटेन्ट सर्जन पाँच, कन्सल्टेन्ट साइक्याट्रिक पाँच, जनस्वास्थ्य प्रशासक र शिक्षा स्वास्थ्य प्रशासक दुई–दुई र नर्सिङ प्रशासक एक जनाको विज्ञापन प्रकाशन गरेको छ।

त्यस्तै आठौँ तहका लागि मेडिकल अधिकृत १७, दन्त चिकित्सक दुई, आयुर्वेद चिकित्सक तीन जनाका लागि दरखास्त आह्वान गरिएको छ। मन्त्रालयद्वारा प्रकाशित विज्ञापनमा सातौँ तहमा नर्सिङ अधिकृत, फिजियो थेरापिष्ट र फार्मेसी अधिकृत दुई–दुई, मेडिकल ल्याब टेक्नोलोजिष्ट छ, कनिष्ठ नर्सिङ अधिकृत तीन, जनस्वास्थ्य अधिकृत १०, वायोमेडिकल इञ्जिनीयर एक जना माग गरिएको छ।

त्यस्तै पाँचौँ तहका लागि डेन्टल हाइजेनिष्ट, एनेस्थिेटिक सहायक, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन, मेडिकल रेकर्डर सुपरभाइजर, सहायक डाइटीसियन, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियनको माग गरिएको छ भने चौथो तहका लागि अनमी, अहेब र ल्याब सहायकको माग गरिएको छ।

प्रकाशित मिति: ११:२९ बजे, आइतबार, चैत ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्