Kathmandu Press

‘नेताका कारण युवामा निराशा छायो’

नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताए। 
‘नेताका कारण युवामा निराशा छायो’

पाल्पा, भदौ २० : कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन्।

नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताए। 

युवाहरू विदेशिने क्रम बढ्दो रहेको हुदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ। उनले युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने बताउँदै भण्डारीले अब मुलुक बनाउनुपर्ने बेला आएको उल्लेख गरे। उनलेदेशलाई पछाडी फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको बताए। 

प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, भदौ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्