Kathmandu Press

लोसपा कार्यकारिणी समितिको बैठक बस्दै

बैठकमा स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, महाधिवेशनको तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा हुने बताइएको छ।
लोसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, भदौ २० : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समिति बैठक आज पनि बस्दै छ। 

आजको बैठकमा कार्यकारिणी समितिका सदस्यहरुले आआफ्नो धारणा राख्ने छन्। धारणा राख्ने क्रम सकिएपछि नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ।

Hardik ivf

आजको बैठकमा स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, महाधिवेशनको तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा हुने बताइएको छ।

हिजो सुरु भएको बैठकमा संविधान संशोधनका लागि पार्टीको स्पष्ट दृष्टिकोण बनाउन सदस्यहरुले माग गरेका थिए। 

उनीहरुले मुलुकमा देखिएका समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन्।
 

प्रकाशित मिति: १०:०६ बजे, बिहीबार, भदौ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्