Kathmandu Press

तत्काल वामपन्थी मोर्चा नबन्ने एमालेको निष्कर्ष

‘अहिले कुनै वामपन्थी मोर्चा बन्दैन। त्यो दिशामा फर्केर हेरेका छैनौँ, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो,’ उनले भने, ‘आज पनि एक्लै चुनाव लड्छौँ। कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ।’ 
तत्काल वामपन्थी मोर्चा नबन्ने एमालेको निष्कर्ष

काठमाडौं, भदौ १९ : नेकपा एमालेले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ। बुधबार पोलिट्ब्युरो बैठकपछि एमालेले पनि बैसाखी नटेक्ने गरी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको हो।

बुधबार पोलिट्ब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले कुनै पनि वामपन्थी मोर्चा नबन्ने बताए। 

‘अहिले कुनै वामपन्थी मोर्चा बन्दैन। त्यो दिशामा फर्केर हेरेका छैनौँ, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो,’ उनले भने, ‘आज पनि एक्लै चुनाव लड्छौँ। कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ।’ 

उनले अहिले कुनै मोर्चाबन्दी बनाउन नहुने निष्कर्ष निकालेको बताए। तत्काल कुनै वामपन्थी मोर्चा नबन्ने निष्कर्ष निकालिएको जानकारी दिए।

बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको कार्ययोजनामा ५१ जना सदस्यले आफ्नो धारणा राखेका थिए।

प्रभावकारी कार्यान्वयनमा नेताहरूले जोड दिएका थिए। बैठकले १५ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ।
 
प्रकाशित मिति: २०:५६ बजे, बुधबार, भदौ १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्