Kathmandu Press

संविधान संशोधन गर्दा समावेशितामा सम्झौता हुँदैन : डा. महत 

प्रवक्ता महतले कांग्रेस–एमालेबीचको ७ बुँदे सम्झौतामा एउटा संविधान संशोधन पनि रहेको बताउँदै समावेशितालाई कमजोर गर्ने गरी संविधान संशोधन नहुने भनाई राखे। महतले नेकपा माओवादी केन्द्रले यस बिषयमा भ्रम छरिरहेको भनाई समेत राखे। 
संविधान संशोधन गर्दा समावेशितामा सम्झौता हुँदैन : डा. महत 
फाइल तस्बिर।

धनुषा, भदौ १९ : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधान संशोधन गर्दा समावेशितामा सम्झौता नहुने भनाई राखेका छन्। बुधबार बीपी चिन्तन प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रमा डा.महतले उक्त भनाई राखेका हुन्।

प्रवक्ता महतले कांग्रेस–एमालेबीचको ७ बुँदे सम्झौतामा एउटा संविधान संशोधन पनि रहेको बताउँदै समावेशितालाई कमजोर गर्ने गरी संविधान संशोधन नहुने भनाई राखे। महतले नेकपा माओवादी केन्द्रले यस बिषयमा भ्रम छरिरहेको भनाई समेत राखे। 

Hardik ivf

विभिन्न क्षेत्र, वर्ग र समुदायको आरक्षण गरेर प्रत्यक्ष निर्वाचनमार्फत पनि समावेशिता हुने उनको भनाई थियो। 

‘माओवादीले यसलाई जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरिरहेको छ, समावेशितालाई कमजोर गर्न भनेर गरिरहेको छ। गलत भाष्य, जनतामा भ्रम फैल्याउने कोसिस भएको छ, यो कदापि होइन,’ उनले भने, ‘समावेशितामा कुनै कम्प्रमाइज हुँदैन। प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिन्छ।’ 

नेता महतले एउटै दलको बहुमत आउनसक्ने परिस्थिति हुने र समावेशिता पनि कायम हुने गरी अघि बढ्ने बताए। 

प्रकाशित मिति: २०:१० बजे, बुधबार, भदौ १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्