Kathmandu Press

एमबीबीएस र जनस्वास्थ्य प्रवेश परीक्षाको नतिजामा छानविन गर्न सरकारलाई निर्देशन

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै उक्त निर्देशन दिएको हो। समितिले तत्काल त्रुटी सच्याउन भनेको छ। 
एमबीबीएस र जनस्वास्थ्य प्रवेश परीक्षाको नतिजामा छानविन गर्न सरकारलाई निर्देशन

काठमाडौं, भदौ १९ : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटिबारे तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै उक्त निर्देशन दिएको हो। समितिले तत्काल त्रुटी सच्याउन भनेको छ। 

समितिले आम जनता र सम्बन्धित विद्यार्थीहरूलाई विश्वासमा लिएर त्यसलाई सच्याउन भनेको छ। समितिले परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि देखिएको औंल्याएको छ। 

समितिले सो सम्बन्धमा तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन समितिमा पेस गर्न पनि सरकारलाई निर्देशनमा भनेको छ। 

समितिले मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धित विद्यार्थीहरूको समेत विश्वास जित्नेगरी आवश्यक सुधार गरी अगाडि बढ्न निर्देशनमा उल्लेख छ। 

समितिका सदस्यहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेको भन्दै प्रश्न उठाएका थिए। समितिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आयोगको त्रुटि औँल्याउँदै छानबिन गरेर अघि बढ्ने प्रतिबद्धता गरेकी थिइन्।  


 

प्रकाशित मिति: २०:०८ बजे, बुधबार, भदौ १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्