Kathmandu Press

कोरोनाबाट विश्वभर एक लाख मानिसले गुमाए ज्यान

काठमाडौैं, चैत ३० : कोरोना भाइरसको संक्रमणबाट संसारभर एक लाख मानिसले ज्यान गुमाएका छन्। सबैभन्दा बढी अमेरिकामा रहेका छन्।

विश्व स्वास्थ्य सं....

कोरोनाबाट विश्वभर एक लाख मानिसले गुमाए ज्यान

काठमाडौैं, चैत ३० : कोरोना भाइरसको संक्रमणबाट संसारभर एक लाख मानिसले ज्यान गुमाएका छन्। सबैभन्दा बढी अमेरिकामा रहेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, आइतबार बिहानसम्म संसारभर १७ लाख ८० हजार तीन सय १५ जना बिरामी भएका छन्। त्यसमध्ये एक लाख आठ हजार आठ सय २८ जनाको मृत्यु भएको छ।

अहिलेसम्म ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी अमेरिकामा छन्। आइतबार बिहानसम्म २० हजार पाँच सय ७७ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३२ हजार आठ सय ६९ पुगेको छ।

दोस्रोमा स्पेन रहेको छ। जहाँ एक लाख ६३ हजार २७ जना बिरामी भएका छन भने १६ हजार ६ सय ६ जनाको मृत्यु भएको छ।

तेस्रोमा इटाली रहेको छ। इटालीमा एक लाख ५२ हजार दुई सय ७१ जना कोरोनाबाट बिरामी भएका छन्। त्यसमध्ये १९ हजार चार सय ६८ जनाको मृत्यु भएको छ।

त्यस्तै, एक लाख २९ हजार ६ सय ५४ जना बिरामी भएका छन भने १३ हजार आठ सय ३२ जनाको मृत्यु भएको छ। जर्मनीमा एक लाख २५ हजार चार सय ५२ जना बिरामी भएका छन्। त्यसमध्ये दुई हजार आठ सय ७१ जनाको मृत्यु भएको छ।

कोरोनाको उद्गम भएको चीन भने छैटौं नम्बरमा छ। चीनमा ८२ हजार ५२ जना बिरामी भएका छन भने तीन हजार तीन सय ३९ जनाको मृत्यु भएको छ।

छिमेकी भारतमा पनि कोरोनाको संक्रमण तीव्ररुपमा फैलिन थालेको छ। भारतमा कोरोनाका बिरामीको संख्या आठ हजार चार सय ४६ पुगेको छ। जसमध्ये दुई ८८ जनाको मृत्यु भएको छ।

 

प्रकाशित मिति: १०:०५ बजे, आइतबार, चैत ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्