Kathmandu Press

राजदूतहरूको सुनुवाइ २४ गतेसम्मका लागि स्थगित

प्रस्तावित राजदूतहरूको सुनुवाइ आइतबारबाट सुरु भएको थियो। संसदीय सुनुवाई समितिको अर्को बैठक २४ गतेका लागि डाकिएको छ। 
राजदूतहरूको सुनुवाइ २४ गतेसम्मका लागि स्थगित
फाइल तस्बिर।

काठमाडौं, भदौ १९ : राजदूतहरूको संसदीय सुनुवाइ भदौ २४ गतेसम्मका लागि स्थगित भएको छ। 

प्रस्तावित राजदूतहरूको सुनुवाइ आइतबारबाट सुरु भएको थियो। संसदीय सुनुवाई समितिको अर्को बैठक २४ गतेका लागि डाकिएको छ। 

बुधबारसम्म १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ। 

बुधवार एकै दिन दक्षिण कोरिया, साउदी अरब, रुस र दक्षिण अफ्रिकामा प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो। सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो कार्ययोजना पेस गरेका छन् ।

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, भदौ १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्