अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको छ : मन्त्री अधिकारी
उनले अहिलेको वास्तविक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति ऐनमा सुधार गरेर सहजिकरण र परिणाममुखी बनाउने सुझाव दिनुपर्ने ठाउँमा सहकारी जति सबै खराब हुन भन्ने गलत ट्रेन्ड चलिरहेको बताए।काठमाडौं, भदौ १९ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अहिले सहकारीप्रति खराब होहल्ला फिजाउने ट्रेन्ड बढेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवको अवसरमा सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको वास्तविक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति ऐनमा सुधार गरेर सहजिकरण र परिणाममुखी बनाउने सुझाव दिनुपर्ने ठाउँमा सहकारी जति सबै खराब हुन भन्ने गलत ट्रेन्ड चलिरहेको बताए।
‘अहिले सहकारीप्रति विभिन्न किसिमका होहल्ला फिजाउने काम भएका छन्। कतिपय कुराहरु हामी नयाँ परिवर्तनमा आएका छौं,’ उनले भने, ‘ऐनमा यो कुरा मिलेन अहिलेको वास्तबिक आधारमा सहकारी सञ्चालन गर्नको निम्ति यो कुरा ऐनमा मिलेन, सुधारेर जानुप¥यो भन्नुप¥यो, तर ति कुराहरुलाई सुझावको रुपमा सहजिकरणको रुपमा र परिणाममुखी बनाउने रुपमा भन्दा सहकारी भनेको सबै खराब हुन भन्ने ट्रेन्ड चलिरहेको छ।’
सरकारले सहकारीका समस्या समाधान गर्नका लागि सहकारीभित्र काम गर्ने अगुवाहरुको सुझाव र पीडित जनताहरुको सुझाव लिएर नै काम अगाडि बढाइरहेको बताए।
‘हामीले सहकारीका समस्या समाधान गर्नका लागि अहिले देखिएका सहकारीभित्र काम गर्ने अगुवाहरुको सुझाव र पीडित जनताहरुको सुझाव लिएर नै काम अगाडि बढाइरहेका छौं,’ उनले भने।
उनले काम गर्न खोज्दा खोज्दै पनि सिमित श्रोत र साधनको कारण काममा ढिलाई हुने गरेको गुनासो समेत गरे।