Kathmandu Press

भारतबाट आएका नागरिकको घरमै पुगेर कोरोना परीक्षण

कैलाली, चैत ३० : भारतबाट आएका नागरिकको धनगढी उपमहानगरपालिकाले घरघरमै पुगेर कोरोना भाइरसको परीक्षण सुरु गरेको छ।

उपमहानगरले शुक्रबारदेखि घरघर....

भारतबाट आएका नागरिकको घरमै पुगेर कोरोना परीक्षण

कैलाली, चैत ३० : भारतबाट आएका नागरिकको धनगढी उपमहानगरपालिकाले घरघरमै पुगेर कोरोना भाइरसको परीक्षण सुरु गरेको छ।

उपमहानगरले शुक्रबारदेखि घरघरमै पुगेर कोरोनाको परीक्षण थालेको हो। शुक्रबार वडा नं. १२ बाट शुरु गरिएको भाइरसको र्‍यापिड टेस्ट शनिबार वडा नं. ६ र ७ मा पनि सम्पन्न भएको छ।

भारतलगायत विभिन्न देशबाट पछिल्लो समय घर फर्किएका ६ सय ४१ जनालाई होम क्वारेन्टाइनमा राखेको थियो। उपमहानगरका मेयर नृपबहादुर वडका अनुसार वडा नं. १२ मा ३९, वडा नं. ६ मा १९ , वडा नं. १३ मा एक, वडा नं. ७ मा २० जनाको स्वास्थ्यकर्मीले घरमै पुगेर नमूना परीक्षण गरेको हो। अहिलेसम्म परीक्षण गरिएकाहरुमा कोरोना नभदेखिएको उनले बताए।

यसैबीच उपमहानगरले लकडाउनका कारण छाक टार्न समस्या भएका चार हजार एक सय ६७ परिवारलाई खाद्यान्न वितरण गरेको छ।

सर्वदलीय सहमतिका आधारमा दैनिक ज्यालादारी काम गरेर खाने मजदुर, असहाय, एकल महिला, भाडामा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेको हो।

प्रकाशित मिति: ०९:३९ बजे, आइतबार, चैत ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्