Kathmandu Press

वायुसेवा निगम अध्यक्ष अधिकारीलाई सञ्चालक समितिले साेध्याे स्पष्टीकरण

दुई वटा वाइडबडी विमान उडानमा नरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दैनिक ४ करोड हाराहारी नोक्सान बेहोर्नुपरेको बिषय उल्लेख गर्दै अधिकारीलाई स्पष्टीकरण सोधिएको हो। 
वायुसेवा निगम अध्यक्ष अधिकारीलाई सञ्चालक समितिले साेध्याे स्पष्टीकरण

काठमाडौं, भदौ १९ : नेपाल वायुसेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण पत्र काटेको छ। 

स्पष्टीकरण पत्र निगममा पुगिसकेको छ । समितिले गत १२ भदौमा स्पष्टीकरण पत्र काटेको थियो। 

दुई वटा वाइडबडी विमान उडानमा नरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दैनिक ४ करोड हाराहारी नोक्सान बेहोर्नुपरेको बिषय उल्लेख गर्दै अधिकारीलाई स्पष्टीकरण सोधिएको हो। 

अधिकारीले सञ्चालक समितिका निर्णय कार्यान्वयन नगरेको, राजनीतिक फेरो समातेर ०७८ कात्तिकदेखि निगमको कार्यकारी अध्यक्षमा आइसकेपछि उनकै कारण घाटा वृद्धि हुँदै ४५ अर्ब ऋण व्ययभार ५३ अर्ब रुपैयाँ पुगेको जस्ता बिषय उल्लेख गर्दै स्पष्टीकरण पत्र पठाइएको हो। 
 

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, भदौ १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्