Kathmandu Press

राष्ट्रिय प्रत्यारोपण केन्द्रका कर्मचारी र स्थानीयबासी आन्दोलनमा

बुधबार प्रत्यारोपण केन्द्र अगाडि उनीहरुले अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको भन्दै आन्दोलन गरेका हुन्। 
राष्ट्रिय प्रत्यारोपण केन्द्रका कर्मचारी र स्थानीयबासी आन्दोलनमा

काठमाडौं, भदौ १९ : भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केहीपनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरु आन्दोलित छन्।

बुधबार प्रत्यारोपण केन्द्र अगाडि उनीहरुले अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको भन्दै आन्दोलन गरेका हुन्। 

उनीहरुले ‘भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारवाही गर, गैरकानुनी तरिकाले बरखास्त चिकित्सकहरुलाई अविलम्ब पुनरबहाली गर,मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुरू गरि व्यवस्थित गर’ लेखिएका ब्यानगर बोकेर प्रदर्शन गरेका थिए। 

Photos-(11)-(2)-1725439919.jpg

आन्दोलनमा सहभागीले सरकारले ४–५ वटा प्रत्यारोपणको अनुमति दिएको भएतापनि मृगौला सम्बन्धी बाहेक अरु सेवाबाट बञ्चीत हुनु परेको गुनासो गरेका छन्। 

सरकारबाट प्रत्यारोपणका लागि पाउने सेवा सुविधा अस्पतालले खर्च गरेको, उपकरण र जनशक्ति पनि उपलब्ध भएको तर सबै व्यस्था हुँदा पनि सेवा सञ्चालन भने नभएको हुँदा आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन्। 

Photos-(8)-(1)-1725439919.jpg
 

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, भदौ १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्