राष्ट्रिय प्रत्यारोपण केन्द्रका कर्मचारी र स्थानीयबासी आन्दोलनमा
बुधबार प्रत्यारोपण केन्द्र अगाडि उनीहरुले अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको भन्दै आन्दोलन गरेका हुन्।-(6)-1725439964.jpg)
काठमाडौं, भदौ १९ : भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केहीपनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरु आन्दोलित छन्।
बुधबार प्रत्यारोपण केन्द्र अगाडि उनीहरुले अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको भन्दै आन्दोलन गरेका हुन्।
उनीहरुले ‘भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारवाही गर, गैरकानुनी तरिकाले बरखास्त चिकित्सकहरुलाई अविलम्ब पुनरबहाली गर,मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुरू गरि व्यवस्थित गर’ लेखिएका ब्यानगर बोकेर प्रदर्शन गरेका थिए।
-(2)-1725439919.jpg)
आन्दोलनमा सहभागीले सरकारले ४–५ वटा प्रत्यारोपणको अनुमति दिएको भएतापनि मृगौला सम्बन्धी बाहेक अरु सेवाबाट बञ्चीत हुनु परेको गुनासो गरेका छन्।
सरकारबाट प्रत्यारोपणका लागि पाउने सेवा सुविधा अस्पतालले खर्च गरेको, उपकरण र जनशक्ति पनि उपलब्ध भएको तर सबै व्यस्था हुँदा पनि सेवा सञ्चालन भने नभएको हुँदा आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन्।
-(1)-1725439919.jpg)












