Kathmandu Press

जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छः मन्त्री यादव

मन्त्री यादवले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्यालाई समेटेर एडिबीले गरेको अध्ययनको महत्वपूर्ण योगदानको प्रशंसा गरे।
जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छः मन्त्री यादव

काठमाडौं, भदौ १९ : खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताएका छन्। 

एसियाली विकास बैंक (एडिबी) द्वारा आयोजित ‘हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ’ भन्ने विषयको कार्यशालामा उनले जलवायु परिवर्तनका चुनौति र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको उल्लेख गरे।

Hardik ivf

मन्त्री यादवले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्यालाई समेटेर एडिबीले गरेको अध्ययनको महत्वपूर्ण योगदानको प्रशंसा गरे।

‘एडिबीले खानेपानी मन्त्रालयका लागि निरन्तर रुपमा अगाडि बढेर सहयोग गरिरहेको छ, मेलम्चीको मुहान २०७८ मा बाढी पहिरोले क्षति भयो, एडिबीले उक्त क्षतिका बारेमा अगाडि बढेर सहयोग गर्ने प्रतिबद्धता जनाएकोप्रति मसहित सिङ्गो मन्त्रालयको टोलीलाई धन्यवाद दिन चाहन्छु,’ नउले भने।

मन्त्री यादवले सन् २०२१ मा मेलम्चीमा आएको बाढी र थिङ्बो हिमताल फुटेर आएको बाढीका कारण खुम्बु क्षेत्रमा पुगेको विनाशलाई उद्धृत गर्दै जलवायु परिवर्तनका सम्भावित जोखिमसँग जुध्न नयाँ दृष्टिकोणबाट विकास योजना निर्माण गर्न आवश्यक भएको बताए।

जलवायु अनुकूलित पूर्वाधार विकासका लागि बहु–जोखिम मूल्यांकन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरणका लागि वित्त व्यवस्थापन र क्षेत्रीय सहयोगको महत्वलाई पनि उनले जोड दिए। उनले एडिबीलाई नेपाल सरकारको भरपर्दो साझेदारका रूपमा सराहना गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गरे।

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, भदौ १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्