Kathmandu Press

एमाले पोलिटब्यूरो बैठक सुरु

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका छ। 
एमाले पोलिटब्यूरो बैठक सुरु

काठमाडौं, भदौ १९ : नेकपा एमालेको पोलिटब्यूरो बैठक आज दोस्रो दिन पनि सुरु भएको छ। 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक केहीबेर अघिबाछट सुरु भएको हो। 

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका छ। 

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टाइएको छ। 

पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने छ। बैठकको समापनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने छन्। 

प्रकाशित मिति: १३:१० बजे, बुधबार, भदौ १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्