Kathmandu Press

१५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरुष पक्राउ 

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरी बहादुर श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 
१५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरुष पक्राउ 

संखुवासभा, भदौ १९ : १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ । 

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरी बहादुर श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

हरी बहादुरले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: ०८:४७ बजे, बुधबार, भदौ १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्