Kathmandu Press

सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ : चन्द्र भण्डारी

‘विकास निर्माणका लागि इच्छाशक्ति र विज्ञता चाहिन्छ तर नेपालमा त्यस्तो हुनसकेको छैन,’ उनले भने, ‘यसबाट नेपाली राजनीति सच्चिन जरुरी छ। अब सरकार बनाउनेमा होइन, देश विकासमा ध्यान दिन आवश्यक छ।’
सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं, भदौ १८ : नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका काम ठप्प भएको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले विकास जनताको सहजता र समृद्धिका साथै दिगो तथा अर्थशास्त्रको नियमानुसार हुनुपर्नेमा जोड दिए। 

Hardik ivf

‘विकास निर्माणका लागि इच्छाशक्ति र विज्ञता चाहिन्छ तर नेपालमा त्यस्तो हुनसकेको छैन,’ उनले भने, ‘यसबाट नेपाली राजनीति सच्चिन जरुरी छ। अब सरकार बनाउनेमा होइन, देश विकासमा ध्यान दिन आवश्यक छ।’

समयमा सडक नबन्दा नागरिकले सस्ती भोगिरहनुपरेको तर्फ ध्यानाकर्षण गराउनुहुँदै जनताले भोग्ने हरेक समस्यामा सरोकार भएकाहरू ध्यान जान जरुरी रहेको उनले बताए। 

उनले जनताको कर तथा पैसा उठाएर चल्न हरेक निकाय जवाफदेही हुनुपर्ने बताए। ‘एनसेलले जनताबाट पैसा उठाएको छ, त्यो पैसा सरकारले लिनुपर्दैन?,’ उनले भने, ‘बत्ती बालेपछि बिल तिर्नुपर्दैन? यस विषयमा सभामुखले रुलिङ गर्न जरुरी छ।’ 

उनले दैनिकजसो विदेशीने नेपालीहरूलाई रोक्नका लागि सरकारले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताए। ‘सरकार बन्ने र बनाउने विषयमा होइन, मुलुक बनाउने बाटोमा लाग्नुपर्छ, सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ,’ उनले भने। 

यसैगरी तीजको अवसरमा गरिबी, अभावमा पनि नेपाली महिलाले तीज भनाइरहेको स्मरण गर्दै उनले तीज गीत गाउने विष्णु माझीलाई धेरै नेपालीले हेर्न चाहेको बताए।

प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, भदौ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्