Kathmandu Press

श्रद्धाञ्जलिका लागि ३ बजे टुँडिखेल जान नेकपाको अनुरोध

काठमाडौं, फागुन १६ : हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जलिका लागि आज अपराह्न ३ बजे टुँडिखेलमा उपस्थित हुन ने....

श्रद्धाञ्जलिका लागि ३ बजे टुँडिखेल जान नेकपाको अनुरोध

काठमाडौं, फागुन १६ : हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जलिका लागि आज अपराह्न ३ बजे टुँडिखेलमा उपस्थित हुन नेकपाले अनुरोध गरेको छ ।

पार्टी सचिवालय बैठकले विज्ञपती जारी गरी ‘पार्टीका सबै कमरेडहरू, विभिन्न राजनीतिक दलका नेता तथा मित्रहरू, उच्चपदस्थ व्यक्तित्वहरू र आम जनसमुदायलाई’ अनुरोध गरेको हो । अधिकारीको अन्येष्टि शुक्रबार गृहनगर पोखरामा गर्ने पनि नेकपाले निर्णय गरेको छ ।

बैठकपछि पार्टी महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा बैठकले आज फागुन १६ गते देशभरका पार्टी कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । बैठकले फागुन २३ गते काठमाडौंमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको छ । 

बैठकले दुर्घटनामा परी दिवंगत भएका व्यक्तिहरूका परिवारलाई आवश्यक सहयोग गर्न सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ । बैठकले दुर्घटनामा दिवंगत हुने सातै जनालाई श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति: १४:४० बजे, बिहीबार, फागुन १६, २०७५