Kathmandu Press

आफू गलत भए पक्राउ गर्न मेयर बालेनको चुनौती 

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ।’ 
आफू गलत भए पक्राउ गर्न मेयर बालेनको चुनौती 

काठमाडौं, भदौ १८ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू गलत भए पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन्। 

एमालेबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित सांसद रेखा शर्माले बालिकालाई घरेलु श्रमिकका रुपमा राखेर शोषण गरेको बिषयमा प्रश्न उठेपछि मेयर बालेनले यसअघि सामाजिक सञ्जालमा एक स्टाटस लेखेका थिए। 

उक्त फेसबुक पोस्ट हटेकोबारे प्रतिक्रिया दिँदै बालेनले यस्तो चुनौती दिएका हुन्। एमालेकी सांसद शर्माबारे मेयर बालेनले सामाजिक सञ्जालमा गरेको टिप्पणी फेसबुकले हटाएपछि यस्तो चुनौती आएको हो। 

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ।’ 

बालेनले यसअघि लुम्बिनी प्रदेश सांसद शर्मालाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका थिए। उक्त विषयमा मेयर बालेनले लेखेको स्टाटस अहिले उनको वालबाट हटाइएको छ। 
 

प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, भदौ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्