Kathmandu Press

‘जनतालाई सेवा डेलिभरी गर्न कर्मचारी संयन्त्रसँग सहकार्य जरुरी छ’

मन्त्री पौडेलले अस्पतालहरुको पूर्वाधारलाई पूर्ण बनाउनका लागि धेरै खर्च गनुपर्ने र उपकरणमा थुप्रै लागत लाग्ने स्थिति रहेको भन्दै त्यो आर्थिक क्षमता पनि राज्यसँग नभएको गुनासो गरे। 
‘जनतालाई सेवा डेलिभरी गर्न कर्मचारी संयन्त्रसँग सहकार्य जरुरी छ’

काठमाडौं, भदौ १८ : स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले सरकारले सहज रुपमा डेलिभरी दिनेगरी काम गर्नका लागि कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्ने बताएका छन्। 

नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी हाजिरी जवाफ प्रतियोगिता २०८१ कार्यक्रममा उनले अहिले सरकारले राजनीतिले डेलिभरी गर्न सकेन भन्ने असन्तुष्टि आइरहेको भन्दै डेलिभरी दिनेगरी काम गर्नका लागि कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्ने बताए।

Hardik ivf

‘अहिले सरकारले राजनीतिले डेलिभरी गर्न सकेन भन्ने असन्तुष्टिका रुपमा आइरहेका छन्, त्यसलाई व्यवस्थित गर्न डेलिभरी गर्ने स्थिति निर्माण गर्ने सन्दर्भमा राजनीतिले कर्मचारी संयन्त्रसँग सहकार्य गर्न सक्नुपर्छ,’ उलने भने, ‘कर्मचारी संयन्त्रको क्षमता प्रयोग गर्न सक्ने स्थिति निर्माण गर्न सक्नुपर्छ।’

मन्त्री पौडेलले अस्पतालहरुको पूर्वाधारलाई पूर्ण बनाउनका लागि धेरै खर्च गनुपर्ने र उपकरणमा थुप्रै लागत लाग्ने स्थिति रहेको भन्दै त्यो आर्थिक क्षमता पनि राज्यसँग नभएको गुनासो गरे। 

क्षमता पूर्ण नहुँदा पनि कसरी प्रभावकारी सेवा पु¥याउन सकिन्छ भनेर प्रयास गरिरहेको उनले बताए।

‘अस्पतालहरुको पूर्वाधारलाई पूर्ण बनाउनका लागि धेरै खर्च गनुपर्ने स्थिति छ। त्यसमा पनि आर्थिक सरकारको छैन। उपकरणमा थुप्रै लागत लाग्ने स्थिति छ तर त्यो क्षमतापनि राज्यसँग नभएको स्थिति छ,’ उनले भने, ‘सेवा प्रभावकारी आजै चाहिएको छ। आवश्यकता अनुसार क्षमतालाई पूर्ण बनाउन सकेको स्थिति छैन। क्षमता पूर्ण नहुँदा पनि कसरी प्रभावकारी सेवा पु¥याउन सकिन्छ भनेर हामी प्रयास गरिरहेका छौं।’ 

प्रकाशित मिति: १७:५५ बजे, मंगलबार, भदौ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्