Kathmandu Press

स्थायी सरकारका लागि दुई ठूला दल मिल्यौं : गृहमन्त्री लेखक

‘मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौं,’ मन्त्री लेखकले भने, ‘देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास छ।’
स्थायी सरकारका लागि दुई ठूला दल मिल्यौं : गृहमन्त्री लेखक
फाइल तस्बिर।

कञ्चनपुर, भदौ १८ : गृहमन्त्री रमेश लेखकले देशमा स्थायी सरकार निर्माण गरि सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताएका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उनले तीन–तीन महिनामा सरकार परिवर्तन हुने अवस्था आएकाले  देशका सबैभन्दा ठुला राजनीतिक दल मिलेर समीकरण बनाए।

Hardik ivf

‘मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौं,’ मन्त्री लेखकले भने, ‘देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास छ।’

स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने मन्त्री लेखकले बताए। उनले नेपाल प्रहरी र सशत्र प्रहरीले सीमित स्रोत साधनमा काम गर्नुपरिरहेको बताए।

नेपाल–भारत सिमानामा रहेकोे बिओपीलाई व्यवस्थित गर्नसमेत सरकार गम्भीरताका साथ लागेको उनको भनाइ छ। बेलौरी र पुनर्वासमा रहेका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको पनि उनले बताए। 
 
प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, भदौ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्