Kathmandu Press

सरकारले एनसेललाई दुहुनो गाई बनायो : अध्यक्ष लिङ्देन

दुई ठुला दल मिलेर बनेको सरकारले गर्छु भनेको राम्रो काम भनेको एनसेललाई कर सुविधा दिनु पो रहेको भन्दै अध्यक्ष लिङ्देनले व्यंग्य गरे।
सरकारले एनसेललाई दुहुनो गाई बनायो : अध्यक्ष लिङ्देन

काठमाडौं, भदौ १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले एनसेललाई दुहुनो गाई बनाएको बताएका छन्। 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले एनसेललाई किस्ताबन्दीमा किन कर तिर्ने मौका दिएको भन्दै यस्तो बताएका हुन्। 

Hardik ivf

दुई ठुला दल मिलेर बनेको सरकारले गर्छु भनेको राम्रो काम भनेको एनसेललाई कर सुविधा दिनु पो रहेको भन्दै अध्यक्ष लिङ्देनले व्यंग्य गरे।

‘सरकारले एनसेललाई किस्तामा कर तिर्ने सुविधा दियो, किन यस्तो हुन्छ? किन व्यापारी कर तिर्न यहाँ अप्ठ्यारो मान्छन् होला?,’ उनले भने, ‘एनसेलको व्यापार मलेसिया कम्वोडियामा छ त्यहाँ विवाद आउँदैन‚ यहाँमात्र किन आउँछ?’

यस्तै, अध्यक्ष लिङ्देनले रुस–युक्रेन युद्धमा ४० नेपालीको ज्यान गएको बताउँदै र विपिन जोशी लगायतको अत्तोपत्तो नभएको भन्दै पनि बताए।, 

‘गल्फमा मात्र हजारौँ युवा जेलमा छन् कयौँ मृत्युदण्ड कुरेर बसेका छन्। चाडबाडमा महँगी चरम बढेको छ। सरकारको यस्तो विषयमा कुनै ध्यान छैन,’ उनले भने।

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, भदौ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्