Kathmandu Press

मेयर बालेनको निर्णयमा उपमेयर सुनिताले उठाइन् प्रश्न

महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भन्ने लेखिएको बताउँदै उनले यो सबै जनाको निर्णय हो कि होइन? भन्दै प्रश्न गरिन्।
मेयर बालेनको निर्णयमा उपमेयर सुनिताले उठाइन् प्रश्न

काठमाडौं, भदौ १८ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले प्रश्न उठाएकी छिन्। 

नगरकार्यपालिकाको मंगलबारको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने भनि बालेनको नेतृत्वमा भएको निर्णयमाथि प्रश्न उठाइन्। 

अदालतको फैसला पालना गर्नु सबैको दायित्व भएको बताउँदै उनले अदालतको फैसला कसरी कार्यान्वयन गर्छौं भन्ने पनि महत्वपूर्ण हुने बताइन्।

महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भन्ने लेखिएको बताउँदै उनले यो सबै जनाको निर्णय हो कि होइन? भन्दै प्रश्न गरिन्।

यो निर्णयले महानगरका जनता आतंकित र त्रसित भएको बताउँदै उमेयर डंगोलले यो निर्णय पुनर्विचार गरिनुपर्ने भन्दै पर्याप्त छलफलबिनै भएको निर्णयको स्वामित्व लिनुपर्छ भन्ने नरहेको बताइन्। 

उनले अदालतले गरेका निर्णय सधैँ जनताको हितमा हुन्छ भन्ने नहुने भन्दै यसबारे पुनरावलोकनमा जानेलगायतका विषयमा महानगरमा छलफल नभएको भन्दै असन्तुष्टि समेत जनाइन्। 

प्रकाशित मिति: १५:५८ बजे, मंगलबार, भदौ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्