याे पटक दसैंमा नयाँ नोट नसाटिने
नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि पुराना सुकिला नोट सटही गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए।
काठमाडौं, भदौ १८ : यो पटक दशैंमा नयाँ नोट नसाटिने भएको छ।
नेपाल राष्ट्र बैंकले यो पटक नयाँ नोट सटही नगरिने बताउँदै पुराना सुकिला नोट सर्वसाधारणलाई दिइने जनाएको छ।
नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि पुराना सुकिला नोट सटही गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए।
ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने भएकाले यस्तो निर्णय गरिएको उनले बताए।
दशैंतिहारका लागि यो पटक पनि ५, १० २०, ५० र १०० का प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने उनले जनाए।
प्रकाशित मिति: १५:५० बजे, मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार