Kathmandu Press

सुमना श्रेष्ठको प्रश्न– विद्यार्थीले ‘हेल्प अस’ भनेर इमेल गरेका छन्‚ कसको कारणले त्रुटि भएको हो?

‘विद्यार्थीको माग ओएमआर सिट उपलब्ध गराऊ, प्रश्नपत्र उपलब्ध गराऊ, कि उत्तर उपलब्ध गराऊ र यो पाउनका लागि भौतिक रूपमा उपस्थित हुने काठमाडौँ केन्द्रित नियम नबनाइयोस्। डिजिटल्ली विद्यार्थीले पाउनुपर्छ भनेर भन्नुभएको छ,’ उनले भनिन्।
सुमना श्रेष्ठको प्रश्न– विद्यार्थीले ‘हेल्प अस’ भनेर इमेल गरेका छन्‚ कसको कारणले त्रुटि भएको हो?
फाइल तस्बिर।

काठमाडौं, भदौ १८ : चिकित्सा शिक्षा आयोगले निकालेको एमबीबीएस परीक्षाको नतिजाको विषयमा रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा संसद श्रेष्ठले ‘विद्यार्थीहरूले हेल्प अस कसैले हामीलाई सुनेनन् भनेर भनेर इमेल गरेको’ बताउँदै उनीको माग धेरै ठूलो पनि नभको बताइन्।

Hardik ivf

‘विद्यार्थीको माग ओएमआर सिट उपलब्ध गराऊ, प्रश्नपत्र उपलब्ध गराऊ, कि उत्तर उपलब्ध गराऊ र यो पाउनका लागि भौतिक रूपमा उपस्थित हुने काठमाडौँ केन्द्रित नियम नबनाइयोस्। डिजिटल्ली विद्यार्थीले पाउनुपर्छ भनेर भन्नुभएको छ,’ उनले भनिन्।

सांसद श्रेष्ठले नतिजा निकाल्दा प्राविधिक त्रुटि भएको हो भने कसको कारणले भएको हो र यसलाई नदोहोर्‍याउन के गर्नुपर्छ भन्दै सरकारको ध्यानाकर्षण गराइन्। 

हरेक पटक विद्यार्थीहरूले आन्दोलन गर्ने अवस्था सिर्जना गर्न नहुने बताउँदै उनले विद्यार्थी राजनीतिक हस्तक्षेप भयो भनेर निराश भएकाले हामीले राजनीतिक रङ नदिन आग्रह गरिन्।

प्रकाशित मिति: १५:४४ बजे, मंगलबार, भदौ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्