कतारका प्रस्तावित राजदूत पौडेलले भने– श्रमिकहरूको हित संरक्षणमा जोड दिन्छु
‘कतारमा श्रमिक कामदारहरुलाई मात्र काम गर्न पाउने अनुमति भएकोमा विभिन्न क्षेत्रका प्राविधिक, चिकित्सक, व्यवस्थापक, सूचना प्रविधि विज्ञ, आर्किटेक आदिलाई सेवा प्रवेश गर्न पाउने प्रावधानका लागि पहल गरिने छ,’ उनले भने।-(4)-1725356197.jpg)
काठमाडौं, भदौ १८ : संसदीय सुनुवाइ समितिमा कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्।
मंगलबार सिहंदरबारमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन्।
आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले कतारमा श्रमिक कामदारहरुले मात्र काम गर्न पाउने अनुमति भएको भन्दै विभिन्न क्षेत्रका प्राविधिक, चिकित्सक, व्यवस्थापक, सूचना प्रविधि विज्ञ लगायतलाई सेवा प्रवेश गर्न पाउने प्रावधानका लागि पहल गरिने प्रतिबद्धता जनाए।
‘कतारमा श्रमिक कामदारहरुलाई मात्र काम गर्न पाउने अनुमति भएकोमा विभिन्न क्षेत्रका प्राविधिक, चिकित्सक, व्यवस्थापक, सूचना प्रविधि विज्ञ, आर्किटेक आदिलाई सेवा प्रवेश गर्न पाउने प्रावधानका लागि पहल गरिने छ,’ उनले भने।
उनले कतारमा कार्यरत श्रमिकहरुले प्राप्त गर्ने पारिश्रमिक वापतको विदेशी मुद्राको अपचलन भए नभएको र कामदार ठगीमा परे नपरेको यकिन गर्ने र हुने गरेको रहेछ भने नियन्त्रण गर्न पहल गर्ने पनि प्रतिबद्धता जनाए।
‘कतारमा कार्यरत श्रमिकहरुले प्राप्त गर्ने पारिश्रमिक वापतको विदेशी मुद्राको अपचलन भए नभएको र कामदार ठगीमा परे नपरेको यकिन गर्ने, हुने गरेको रहेछ भने नियंत्रण गर्न पहल गर्ने र बैंकिङ् च्यानल प्रयोग गर्न प्रोत्साहित गर्नेछु,साथै रकम पठाउन लाग्ने दस्तुर कम गर्न पहल गर्नेछु,’ उनले भने।
पौडेलले कतारमा रहेका नेपाली श्रमिकहरूको हित संरक्षण तथा प्रवर्द्धनमा जोड दिएर काम गर्ने पनि बताएका छन्।
नेपाल–कतार कूटनीतिक सम्बन्ध विस्तार गर्दै सरकारको परराष्ट्र नीति र अख्तियारीको दायराभित्र रहेर नियोगलाई प्राप्त हुने भौतिक श्रोत साधनको अधिकतम सदुपयोग गरी द्विपक्षीय सम्बन्धलाई थप विस्तार, सुदृढ गर्न भूमिका खेल्ने पनि बताए।












