Kathmandu Press

‘मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्’

‘सञ्चार मन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो। मन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्‚’ सांसद खतिवाडले भने। 
‘मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्’
फाइल तस्बिर।

काठमाडौं, भदौ १८ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए। उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाउन पनि आग्रह गरे।

‘सञ्चार मन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो। मन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्‚’ सांसद खतिवाडले भने। 

एमाले उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ। 

यस्तै, सांसद खतिवाडाले गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ भन्ने सांसद दीपक मनाङेको अभिव्यक्तिमा पनि आपत्ति जनाए। ‘गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ, पैसामा बिक्री गर्न सुरुवात गरेको हो? यसबारे सरकारले जानकारी देओस्,’ उनले भने।

प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, भदौ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्