Kathmandu Press

बारको आन्दोलन संबोधन गर्न बन्यो कार्यदल 

बारको आन्दोलन संबोधन गर्न बन्यो कार्यदल 

काठमाडौं, भदौ १७ : न्यायपरिषद् नियमावलीमा भएको मर्यादाक्रम लगायत विषयमा प्रश्न उठाउँदै नेपाल बारएशोसिएसनले न्याय परिषद घेराउ गरेपछि समस्या समाधानका लागि कार्य दल गठन गरिएको छ। 

नेपाल बारको आन्दोलनपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार बार–बेन्च समन्वय समितिको बैठक राखेर कार्यदल गठन गरिएको हो।

Hardik ivf

सुझावका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकासमान सिंह राउतको नेतृत्वमा नेपाल बार न्यायपरिषद्का सदस्य रामप्रसाद भण्डारी, नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनाल सदस्य रहने गरी कार्यदल बनाइएको हो। 

न्यायपरिषद्का सचिव यमबहादुर दुरालाई कार्यदलको सदस्य सचिव तोकिएको छ । 

प्रकाशित मिति: २१:१८ बजे, सोमबार, भदौ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्